नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय

विभागहरु

अद्यावधिक मिति: २०७५-३-१७

हुलाक सेवा विभाग

पृष्ठभुमिः 
नेपाल राज्यभर हुलाक सेवा प्रदान गर्न विक्रम संवत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवा प्रारम्भ भएको    पाईन्छ । हुलाक ऐन २०१९ कार्यान्वयनमा आएपछि सो ऐनद्वारा निर्धारित कार्यहरू हुलाक सेवा विभागले सम्पादन गर्दै आएको   छ ।

उद्देश्यः 
प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रूपमा चिठ्ठीपत्र पहूँच एवं धनादेश सूविधा प्रदान गर्नू यस विभागको प्रमूख उद्देश्य रहेको छ ।

कार्यहरूः 
१. चिठ्ठीपत्रहरू सम्वन्धितसमक्ष पूर्‍याउने,
२. हुलाक टिकट प्रकाशन गर्ने,
३. धनादेश व्यवस्था गर्ने,
४. बचत बैंक सञ्चालन गर्ने ।

थप जानकारीका लागि, 
http://www.nepalpost.gov.np

 

सुचना तथा प्रसारण विभाग

पृष्ठभुमिः 
नेपाल सरकारका सुचनाहरू जनता समक्ष पूर्‍याउन समन्वयकारी भुमिका निर्वाह गर्नका लागि सुचना विभागको स्थापना वि.सं. २००५ सालमा राणा प्रधानमन्त्री श्री ३ मोहन शम्सेर ज.व.रा.को पालामा "प्रचार विभाग" को नामले भएको हो । नेपाल राज्यबाट प्रकाशित हूने पत्रपत्रिकाको विविध पक्षको विवरणहरूको अभिलेख राख्ने कामको जिम्मेवारी सुचना बिभागमा रहेको छ । हाल प्रेससंग सम्बन्धित सरकारी संस्थाहरूलाई एकै ठाउंमा राख्ने नेपाल सरकारको अवधारणा बमोजिम यस विभागसंगै प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका कार्यालयहरु काठमाडौंको तिलगंगास्थित संचारग्राममा रहेका छन् ।

उद्देश्यः 
नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्याभुत गरेको छापाखाना र प्रकाशनसम्बन्धी मौलिक हकको उपभोगमा सहयोग पूर्‍याउन एवं सुचनाको हकलाई उपभोग गर्नसक्ने वातावरण सृजना गर्न क्रियाशील रहनू यस विभागको मुल उद्देश्य रहेको छ । यसका अतिरिक्त अन्य उद्देश्यमा

नेपाल सरकारका कामकारवाही बारे सर्वसाधारण जनतामा अतिरिक्त स्वदेश तथा विदेशमा सुचना प्रवाह गर्ने,

स्वस्थ, मर्यादित, व्यावसायिक तथा संस्थागत पत्रकारिताको विकासका लागि उत्प्रेरित गर्ने ।

कार्यहरूः 
१.  सुचना सामग्रीको अभिलेख, 
२.  सुचना प्रवाहको व्यवस्था,
३.  प्रेस तथा सुचना समन्वय, 
४. फोटोग्राफी 
५. प्रकाशन तथा वितरण

थप जानकारीका लागि, 
http://www.doinepal.gov.np

 

मूद्रण विभाग

पृष्ठभुमिः 
नेपालमा तत्कालीन प्रधानमन्त्री श्री देव शम्सेरको पालामा वि.सं. १९५८ सालमा सरकारी छापाखानाको रूपमा "गोरखापत्र छापाखानाको" स्थापना गरिएको थियो । यसैबाट गोरखापत्र प्रकाशन सम्बन्धी काम हुँदै आएकोमा वि.सं. २०२० सालमा गोरखापत्र प्रकाशन सम्बन्धी छुट्टै संस्थान खडा भएपछि तत्कालीन गोरखापत्र छापाखानालाई "श्री ५ को सरकारको छापाखाना" नामकरण गरियो । भवन साँघुरो भएको एवं सरकारी छपाइ सामग्रीको सुरक्षाको दृष्टिकोणले २०३१ साल श्रावण १ देखि यसलाई सिंहदरवारमा सारियो । 
सिंहदरवारस्थित श्री ५ को सरकारको छापाखानालाई वि.सं. २०४५।४।५ को निर्णयानुसार प्रकाशनका कार्यसमेत गर्नेगरी "मुद्रण तथा प्रकाशन विभाग" नामकरण गरिएकोमा २०४९।५।२९ को निर्णयले प्रकाशन काम यसबाट अलग गरी मुद्रण विभाग नामकरण गरियो ।

उद्देश्यः 
नेपाल सरकारको राजपत्र लगायत महत्वपूर्ण सामग्रीहरू सूरक्षित एवं गोपनीयताका साथ मूद्रण गरी प्रकाशन गर्ने र सर्वसाधारणसमक्ष विक्रीवितरणको व्यवस्था गर्नू यस विभागको मुल उद्देश्य रहेको छ ।

कार्यहरूः 
१.  राजपत्र लगायत सरकारी सामग्रीको मूद्रण,
२.  प्रकाशनको व्यवस्था, 
३.  सूरक्षण मूद्रण सेवा,

थप जानकारीका लागि, 
http://www.dop.gov.np

 

सूचना प्रविधि विभाग

दूर-दृष्टि

  • नेपाललाई सूचना प्रविधिको विश्व मानचित्रमा स्थापित गर्दै ज्ञानमा आधारित समाजमा रुपान्तरण गर्नु।

परिदृष्य

  • नेपालमा सूचना प्रविधिको समुचित प्रयोग गरी सुशासन, गरिवी न्यूनिकरण लगायत सामाजिक तथा आर्थिक रुपान्तरण र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने।

लक्ष्य

  • नेपालमा सूचना प्रविधिको प्रयोगलाई बिस्तार गर्दै यसलाई सुरक्षित एवं दिगो बनाउने, तथा यसलाई देशको सर्वाङ्गिण विकासको लक्षहरु हासिल गर्ने साधनको रुपमा विकास गर्ने।

उद्देश्य:

  • विद्युतीय सरकार एवं सुशासनको अवधारणालाई कार्यान्वयन गर्न नेतृत्वदायी र समन्वयकारी भुमिका निर्वाह गर्ने।
  • सूचना प्रविधिलाई ग्रामिण जनस्तरमा पुर्‍याई यसको प्रयोगबाट प्राप्त हुने लाभाङ्समा सबैको पहुँच सुनिश्चित गर्ने (Reducing Digital Divide)।
  • विद्युतीय स्वरुपमा रहेका सरकारी तथ्याङ्कलाई अध्यावधिक र सुरक्षित राख्ने।
  • सूचना प्रविधि क्षेत्रको अध्ययन तथा अनुसन्धान कार्य गर्ने, गराउने।
  • सूचना प्रविधि उद्योगको प्रवर्द्दन तथा विकास गर्दै अन्तराष्ट्रिय बजारमा पुहुचँ पुर्‍याई, रोजगारीका अवसरहरु सिर्जना गर्ने।
  • सूचना प्रविधिको अन्तराष्ट्रिय प्रयास तथा विकासमा पुहुचँ पुर्‍याई त्यसलाई नेपालमा उपयोग गर्ने वातावरण सृजना गर्ने।
  • सूचना प्रविधि क्षेत्रमा नेपाल सरकारको परामर्शदाताको रुपमा काम गर्ने।
  • सूचना प्रविधि क्षेत्रमा उपयुक्त मानव संशाधन विकास गर्न सहयोग पुर्‍याउने।

थप जानकारीका लागि, 
http://www.doit.gov.np