नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय

आम संचार

अद्यावधिक मिति: २०७५-३-२९

नेपालको संविधानमा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक समानता, समृद्धि सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माणका निम्ति नेपाली समाजको विविधता बहुलवादलाई प्रतिनिधित्व गर्ने स्वतन्त्र, स्वच्छ समाजप्रति उत्तरदायी जिम्मेवार आमसञ्चारमाध्यमको भूमिका रहेको छ |

मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, महासन्धि अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तराष्ट्रिय दस्तावेजहरूले प्रत्याभूत गरेका सिद्धान्तलाई आत्मसात् गरी सञ्चारमाध्यमको स्वतन्त्रताको संरक्षणका निम्ति आवश्यक पर्ने कानुनको निर्माणद्वारा दिगो शान्ति, सुशासन, विकास, सामाजिक सदभाव समृद्धिको आकाङ्क्षा पूरा गर्न आमसञ्चारमाध्यम आवश्यक रहन्छ |

भौगोलिक अखण्डता, राष्ट्रियता वा सङ्घीय एकाइ वा विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धलाई बलियो बनाई सौहार्दपूर्ण अन्तरजातीय, अन्तरभाषिक अन्तरसांस्कृतिक सम्बन्धको सेतुका आमसञ्चारमाध्यमले काम गर्न सक्नेछ |

शिक्षा, ज्ञान-विज्ञान, सूचना, स्वस्थ मनोरञ्जन, विकास, संस्कृतिको संरक्षण, वातावरण संरक्षण समाजको पहरेदारीको भूमिका निर्वाह गर्ने आमसञ्चार प्रणालीको विकासका लागि ठूला, मध्यम साना लगानीका सबै खालका आमसञ्चारमाध्यमको समविकासको आवश्यकतालाई बोध गर्दै सूचनाको पहुँच सबै भूगोल, समुदाय जनतासम्म विस्तार गरी सूचनाको हकको सम्मान प्रचलनद्वारा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र जनताको दैनिक जीवनयापनका आवश्यकता, सरोकार हितका विषयमा जानकारी दिने स्वस्थ, मर्यादित, जिम्मेवार उत्तरदायी आमसञ्चार क्षेत्रको विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ

गोरखापत्र

नेपाल टेलिभिजन संस्थान

रेडियो नेपाल

राष्ट्रिय समाचार समिति