महाशाखाहरु
- मन्त्रालय र अन्तर्गतको कर्मचारी प्रशासन र सामान्य प्रशासन सम्बन्धी कार्य गर्ने।
- मन्त्रालय र अन्तर्गतको जनशक्ति योजना र व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- सञ्चार, सूचना, सूचना प्रविधि, दूरसञ्चार, हुलाक, मुद्रण, चलचित्र आदि सम्बन्धी वार्षिक योजना कार्यक्रम र वजेट सम्बन्धी कार्य गर्ने।
- दूरसञ्चार, हुलाक, मुद्रण सम्बन्धी नीति र कानून तर्जुमा कार्यान्वयन सम्बन्धी कार्य गर्ने।
- आवधिक योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन सम्बन्धी कार्य गर्ने।
- मन्त्रालयको कार्यक्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय संघ संस्था संग सम्बन्ध, सम्पर्क, समन्वय, सहायता सम्बन्धी कार्य गर्ने।
- मन्त्रालय सम्बद्ध आयोग, प्राधिकरण, संस्थान, बोर्ड, समिति आदिको समन्वय, सहजीकरण, नियमन सम्बन्धी कार्य गर्ने।
- मन्त्रालयको आर्थिक र प्रशासन सम्बन्धी कार्य गर्ने।
- कर्मचारीहरूको कार्यविवरण सम्बन्धी कार्य गर्ने।
- मन्त्रालय विषयसँग सम्बन्धित सेवा, समूह, उपसमूहको संचालन।
(क) प्रशासन तथा विकास सहायता शाखा
- मन्त्रालय र अन्तर्गतका कर्मचारी प्रशासन र सामान्य प्रशासन सम्बन्धी कार्यहरू गर्ने।
- मन्त्रालयका लागि आवश्यक सामानहरूको आपूर्ति गर्ने तथा जिन्सी व्यवस्थापन गर्ने।
- मन्त्रालयका राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारीहरूको काम सम्बन्धी आवश्यक व्यवस्था मिलाउने।
- जनसम्पर्क, सोधपुछ, गुनासो व्यवस्थापन र दर्ता चलानीको व्यवस्था मिलाउने।
- मन्त्रालयमा रहेका सरकारी सम्पत्तिको संरक्षण, मर्मत, संम्भार तथा उचित प्रयोगको व्यवस्था मिलाउने।
- संवैधानिक आयोग, संसदीय समिति, सतर्कता केन्द्र आदिबाट प्राप्त उजुरीहरूको व्यवस्थापन गर्ने।
- मन्त्रालय र अन्तर्गतका विभागहरूको जनशक्ति विकास तथा संगठनात्मक सुधार सम्बन्धी कार्य गर्ने।
- सूचना तथा सञ्चार क्षेत्रका अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग फोकल प्वाइन्टको रूपमा सम्पर्क राखी काम गर्ने।
- अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा अन्य दातृसंस्थाबाट सहायता उपलब्धि सम्बन्धी काम मन्त्रालयका अन्य शाखासँग आवश्यक समन्वय गरी गर्ने।
- अन्तर्राष्ट्रिय क्षेत्रीय वा अन्य विदेशी संघसंस्थासँग सम्बन्धित महाधिवेशन, सम्मेलन, गोष्ठी, सेमिनार आदिमा नेपालको सहभागीता सम्बन्धी तयारी कार्य गर्ने।
- सञ्चार क्षेत्रमा विभिन्न किसिमका उपलब्ध सहयोग/सहायताको विवरण तयार गरी अद्यावधिक राख्ने,।
- अन्य मुलुकका दूरसञ्चार, सूचना प्रविधि, हुलाक र प्रसारण सम्बन्धी प्रशासनबाट सोधिएका विषयहरूको जानकारी र माग हुने विवरणहरू उपलब्ध गराउने सम्बन्धी कार्य गर्ने।
- मन्त्रालयसँग सम्बन्धी सेवा, समूह, उपसमूह संचालन सम्बन्धी कार्य गर्ने।
- अन्य शाखामा नपरेको मन्त्रालय सम्बन्धी कार्य गर्ने।
(ख) संस्थान समन्वय शाखा
- मन्त्रालय अन्तर्गतका सम्वद्ध विभाग, संस्थान तथा समितिहरूको समन्वय, सहजीकरण, अनुगमन, नियमन सम्बन्धी कार्य गर्ने।
- मन्त्रालय र सम्बद्ध विभाग, संस्थान, बोर्ड, प्राधिकरण, समिति, कम्पनी आदि र सम्बद्ध सेवा प्रदायकहरूका लागि आवश्यक पर्ने विदेशी मुद्रा, आयात, भन्सार तथा बिक्रीकर छुट सम्बन्धी कार्य गर्ने।
- मन्त्रालय सम्बद्ध निकायका अध्यक्ष, कार्यकारी प्रमुख, सदस्यहरूको मनोनयन, नियुक्ति, कार्यसम्पादन करार सम्बन्धी काम गर्ने।
- मन्त्रालय सम्बद्ध संस्थान, बोर्ड, प्राधिकरण, समिति, कम्पनी आदिको फोकल शाखाको रुपमा कार्य गर्ने।
(ग) योजना अनुगमन तथा मूल्यांकन शाखा
- सूचना तथा सञ्चारसम्बन्धी नीति, योजना तथा कार्यक्रम, बजेट तथा स्रोत परिचालन सम्बन्धि कार्यगर्ने।
- विभिन्न योजनाहरूको प्रगति प्रतिवेदन तयार गर्ने।
- योजनाको उपलब्धिबारे तयार पारिएको प्रतिवेदनलाई नियमितरूपमा समीक्षा तथा मूल्याङ्कन गर्ने, गराउने।
- मन्त्रालय, विभाग र संस्थानबाट सञ्चालित आवधिक योजनाहरूका कार्यान्वयनको अनुगमन प्रतिवेदन गर्ने।
- विभिन्न निकायबाट प्राप्त नीतिको मस्यौदा उपर राय/प्रतिक्रिया दिने।
- सूचना तथा सञ्चार सम्बद्ध विषयको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने।
- अनुगमन मूल्याङ्कनको वार्षिक कार्ययोजना स्वीकृत गराई कार्यक्रमहरूको कार्य गर्ने।
(घ) आर्थिक प्रशासन शाखा
- साधारण र विकासतर्फको अनुमानित बजेट तयार गर्ने।
- साधारण बजेटको बजेट खर्च गर्ने अख्तियारी पत्र र बजेट बाँडफाँड तयार गरी स्वीकृत गराई पठाउने।
- विकास बजेटतर्फ कार्यक्रम स्वीकृत भएपछि बजेट बाँडफाँड गर्न सहयोग पुर्याइ स्वीकृत कार्यक्रम बजेट बाँडफाँड एवं स्रोत व्यवस्था खुलाई अख्तियारी पठाउने।
- केन्द्रीयस्तरको अभिलेख राख्ने र आर्थिक विवरण तयार गर्ने।
- बजेट निकासा, रकमान्तर, निकासा खर्च, लेखापरीक्षण गराउने र बेरुजुफर्छ्योटसम्बन्धी कार्य गर्ने।
- राजस्व र धरौटीको अभिलेख राख्ने।
- दातृराष्ट्र/दातृसंस्थासँग भएको सम्झौताको आधारमा प्राप्त हुनुपर्ने नगद र वस्तुगत सहायतासम्बन्धी कार्य गर्ने।
- प्रेश र आमसञ्चार सम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा, कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
- प्रेश र आमसञ्चार माध्यमहरूलाई सहयोग, समन्वय सहजीकरण सम्बन्धी कार्य गर्ने,
- श्रव्यदृष्य प्रशारण, विज्ञापन, चलचित्र सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा नियमन सम्बन्धी कार्य गर्ने,
- सञ्चार उद्योग, चलचित्र उद्योगलाई प्रोत्साहन, छुट सुविधा सिफारिश सम्बन्धी कार्य गर्ने,
- चलचित्र जाँच र नियमन सम्बन्धी कार्य गर्ने।
(क) श्रव्यदृष्य तथा प्रशारण शाखा
- चलचित्र जाँचपास र प्रदर्शन सम्बन्धी कार्य गर्ने।
- केन्द्रिय चलचित्र जाँच समितिको सचिवालयको कार्य गर्ने।
- चलचित्र प्रदर्शनसम्बन्धी संघ, संस्था, उद्योग, फर्म दर्ता गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने।
- रेडियो तथा टेलिभिजन प्रसारणसम्बन्धी कार्यहरूमा नीतिगत तथा कार्यक्रमगत समन्वय गर्ने।
- प्रशारण संस्थाहरूलाई विदेशी मुद्रा सटही सुविधा दिने।
- भन्सार महशुल कर छुट सम्बन्धी कार्य गर्ने।
- प्रशारण संस्थाबाट हुने विज्ञापन सम्बन्धी कार्य गर्ने।
- रेडियो र टेलिभिजनको प्रसारण, प्रवर्द्धन र विकास सम्बन्धी संभाव्यता अध्ययन गर्ने।
- विदेशी डकुमेन्ट्री/चलचित्र छायाँकन अनुमति दिने।
(ख) प्रेस तथा सूचना समन्वय शाखा
- नेपाल सरकारको प्रेस र आमसञ्चारसम्बन्धी नीति र कार्यक्रमको तर्जुमा सम्बन्धी कार्य गर्ने।
- प्रेस नीतिको कार्यान्वयनमा भएका कठिनाइहरूको अध्ययन गरी सुधारात्मक उपायहरूबारे राय दिने।
- सूचना विभागसँग समन्वय राखी प्रेस सूचनासम्बन्धी कार्य गर्ने।
- अनलाइन सञ्चार माध्यमको नियमन सम्बन्धी कार्य गर्ने।
- नेपाल सरकार र प्रेसबीच सुमधुर सम्बन्ध विकसित गर्न आवश्यक तथा सामयिक उपायहरू पत्ता लगाउने।
- नेपाल सरकारको नीति र कार्यक्रम तथा विभिन्न निकायहरूको क्रियाकलापबारे राष्ट्रिय अखण्डता¸ साम्प्रदायिक सद्भाव¸ शान्ति सुरक्षा खलल हुने गरी प्रकाशित भएका भ्रमात्मक समाचारहरूको खण्डन गराउने परिपाटीलाई विकसित गर्दै लैजाने।
- राज्यभर प्रेस सेवाको वर्तमान स्थितिको मूल्याङ्कन गरी आवश्यकता अनुसार सम्बन्धीत ऐन नियमहरूमा सुधार गर्न आवश्यक व्यवस्था मिलाउने।
- विभिन्न सूचना सामग्रीहरूको योजना, उत्पादन, प्रकाशन र वितरणसम्बन्धी नीतिका लागि रायसल्लाह दिने।
- सञ्चारको हक र सूचनाको हक सम्बन्धी कार्यमा समन्वय गर्ने।
(ग) कानून तथा फैसला कार्यान्वयन शाखा
- मन्त्रालय र सम्बद्ध निकायको ऐन/नियम/नीति/कार्यविधि/गठन आदेश तर्जुमा तथा समय सापेक्ष संसोधन/परिमार्जन गर्ने।
- मन्त्रालयसँग सम्बन्धित विषयमा निर्मित ऐन/नियम/नीति/कार्यविधि/गठन आदेशहरूमा कानूनी राय परामर्श दिने।
- विभिन्न तहका अदालतमा मन्त्रालय विरूद्ध परेका मुद्दामा लिखित जवाफ सम्बन्धी कार्य गर्ने।
- अदालतबाट भएका मन्त्रालयका सम्बद्ध फैसला कार्यान्वयन गर्ने।
- ITU Radio Regulation मा आधारित Spectrum व्यवस्थापनका लागि आवश्यक प्रणाली, नीति, नियम सम्बन्धी राष्ट्रिय योजना तथा कार्यक्रम तर्जुमा, पूनरावलोकन, परिमार्जन एवं परिस्कृत गर्ने।
- नेपालको Orbital Slot Allocation को उपयोग सम्बन्धमा ITU सँग आवश्यक समन्वय गरी Allocated Slot प्रयोगको निम्ति आवश्यक व्यवस्था गर्ने।
- राष्ट्रिय फ्रिक्वेन्सी Allocation Table तयार गर्ने र तदनुरुप Assignment, Channeling, Reforming योजनाहरू तय गर्ने।
- फ्रिक्वेन्सीको केन्द्रीय अभिलेख राख्ने।
- रेडियो ऐन, नियमको अधीनमा रही विभिन्न रेडियो सञ्चारसेवाको लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको इजाजत सम्बन्धी नियमन गर्ने।
- रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको सचिवालयको कार्य गर्ने।
- रेडियो उपकरण तथा प्रणालीको प्राविधिक गुणस्तर, उपयुक्त प्रविधि, प्रणाली तथा परिष्कृत गर्ने।
- अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू जस्तै ITU, ICAD, INTELSAT, APT, APSCC, ABU सँग समन्वय राखी रेडियो फ्रिक्वेन्सीहरूको प्रयोग सम्बन्धमा जानकारी गर्ने गराउने।
- रेडियो फ्रिक्वेन्सीको प्रयोगको मनिटरिङको व्यवस्था गर्ने।
- मनिटरिङ्ग स्टेसन, भ्यान लगायत पूर्वाधारको विस्तार गर्ने।
- स्थलगत निरिक्षण तथा जाँच गराउने।
- सबै प्रकारका उपलब्ध रेडियो सञ्चार एवं रेडियो प्रसारण प्रविधिहरूको अध्ययन विश्लेषण गरी सुहाउँदो प्रविधि उपयोग गर्ने व्यवस्था गर्ने।
(क) फ्रिक्वेन्सी व्यवस्थापन तथा प्रविधि विश्लेषण शाखा
- समयानुकूल ITU Radio Regulation मा आधारित Spectrum व्यवस्थापनका लागि आवश्यक प्रणाली, नीति, नियम तथा प्रविधिसम्बन्धी राष्ट्रिय योजना तथा कार्यक्रम तर्जुमा, पुनरावलोकन, परिमार्जन एवं परिष्कृत गर्ने।
- नेपालको Orbital Slot Allocation को उपयोगसम्बन्धमा ITU सँग आवश्यक समन्वय गरी Allocated Slot प्रयोगको निम्ति आवश्यक व्यवस्था गर्ने।
- राष्ट्रिय फ्रिक्वेन्सी Allocation table तयार गर्ने र तदनुरूप Assignment र Channeling योजनाहरू तय गर्ने।
- राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकमा पेस गर्नुपर्ने विषयहरूको पहिचान तथा अध्ययन गर्ने।
- रेडियो सञ्चार उपकरणको आयात/निर्यात/निर्माण/उत्पादन सम्बन्धमा प्राविधिक मापदण्डको सिफारिस तथा तदनुरूप गर्न विद्यमान ऐन, नीति, नियम तथा आदेशहरूको पुनरावलोकन गरी आवश्यकतानुसार संशोधनका लागि सिफारिस गर्ने।
- रेडियो उपकरण तथा प्रणालीको प्राविधिक गुणस्तर, उपयुक्त प्रविधि, प्रणाली तथा परिष्कृत गर्ने।
- सञ्चार प्रविधिको समयानुकूल विश्वव्यापी विकासलाई अन्वेषण तथा विश्लेषण गरी मुलुकका लागि तुलनात्मकरूपले उपयोगी प्रविधि पहिचान गर्ने सिलसिलामा नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय राखी काम गर्ने।
- Type Approval Requirements को मस्यौदा तयार गर्ने, तथा निवेदन फारमहरूको विकास गर्ने।
(ख) रेडियो सञ्चार अनुगमन शाखा
- रेडियो फ्रिक्वेन्सीको प्रयोगको मनिटरिङ तथा Assigned फ्रिक्वेन्सीहरूको प्रयोगमा बाधा भए/नभएको पहिचान गर्ने।
- फ्रिक्वेन्सी प्रयोगको दैनिक Log book तथा रजिष्टर खडा गरी फ्रिक्वेन्सी प्रयोगमा र Interference र Disturbances भए/नभएको निश्चित गर्ने।
- रेडियो मनिटरिङ स्टेसन तथा Mobile रेडियो मनिटरिङ प्रणालीको दैनिक सञ्चालन, संरक्षण, संबर्द्धन, परिमार्जन, परिष्कृत, स्याहार, सम्भार तथा मर्मत गर्ने।
- इजाजत पत्रमा तोकेको स्तरअनुसार रेडियो फ्रिक्वेन्सी प्रयोग भए/नभएको जाँच गर्ने।
- फ्रिक्वेन्सीको अनधिकृत प्रयोग भएको वा स्तरअनुसार प्रयोग गरे/नगरेको पत्ता लगाउने।
- फ्रिक्वेन्सीको अधिकृत/अनधिकृत प्रयोगहरूको वार्षिक, मासिक, अर्धवार्षिक प्रतिवेदन राख्ने।
- इजाजतपत्र जारी गर्नुपूर्व सञ्चार उपकरणहरूका प्राविधिक आधारसूचकहरू जाँच गर्ने।
- Type Approval सञ्चार उपकरण तथा यन्त्र प्रणालीहरूको प्राविधिक Performance जाँच तथा प्रणालीहरूको अभिलेख राख्ने।
- समयानुकूल मनिटरिङ प्रणालीमा सुधार र विकास गर्न योजना/कार्यक्रमहरू तर्जुमा गर्ने।
- अन्तर्राष्ट्रिय रेडियो मनिटरिङ सम्बन्धमा समन्वय गर्ने।
- स्थलगत निरीक्षण तथा जाँच गर्ने।
- सञ्चार उपकरण, यन्त्र प्रणालीको मनिटरिङ, जाँच गर्न Latest प्रविधिको प्रयोग तथा चयन गर्ने।
- अधीनस्थ कार्यहरूको प्रतिवेदन तयार गर्ने।
- अधीनस्थ कार्यहरूको यकिन गरी वार्षिक, कार्यक्रमहरूको योजना तथा बजेटतर्जुमा गर्ने तथा स्वीकृत योजना, कार्यक्रम तथा बजेटअनुसार कार्य सम्पन्न, कार्यान्वयन, अभिलेख राख्ने।
- तालिम सेमिनार, कार्यशाला, गोष्ठी आदिहरूका उपलब्धि, निर्णय कार्यक्रम तथा सिफारिसहरू कार्यान्वयन गर्ने।
- अधीनस्थ कार्यहरू पुनरावलोकन, मूल्याङ्कन तथा परिमार्जन गर्ने।
- रेडियो मनिटरिङ सम्बन्धमा ITU ले तोकेको प्राविधिकस्तर कायम गर्ने।
- सूचना तथा सञ्चार प्रविधि नीतिको कार्यान्वयनको लागि सम्बन्धित निकायहरुसँगको समन्वयमा आवश्यक कार्ययोजना तयार गर्ने र उक्त कार्ययोजनाको कार्यान्वयनको सम्बन्धित निकायहरुलाई सहजिकरण गर्ने र प्रगति अनुगमन गर्ने।
- सूचना तथा सञ्चार प्रविधि नीतिको आवधिक रुपमा विश्लेषण गरी समयानुसार पुनरावलोकन गर्न सहयोग गर्ने।
- संघीय, प्रादेशिक तथा स्थानिय सरकारलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सुशासन प्रदान गर्न तथा सामाजिक तथा आर्थिक गर्न आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गर्न सहयोग पुर्याउने।
- संघीय, प्रादेशिक तथा स्थानिय सरकारका सूचना प्रविधि प्रणालीहरुको मानकीकरण (Standardize) गरी अन्तरआवद्द (Interoperable) बनाउन आवश्यक मानक तथा निर्देशिका तयार गर्ने।
- साइवर सुरक्षाको स्तर वृद्दि गर्न तथा साइवर अपराध नियन्त्रण गर्न उपयुक्त नीतिगत तथा कानूनी व्यवस्थाको लागी अध्ययन गरी सिफारीस गर्ने।
- नेपालमा साइवर सुरक्षाको स्तर वृद्दि गर्न आवश्यक संरचना, पूर्वाधार तथा क्षमताको विकास गर्ने
- नेपालमा साईवर सुरक्षाको क्षेत्रमा कार्यरय संघ सँस्थाहरुलाई समन्वय तथा अनुगमन गर्ने।
- सूचना प्रविधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भएका विकासमा पहुँच पुर्याई प्रविधि हस्तान्तरणलाई सहजीकरण गर्ने।
- सूचना प्रविधि सम्बन्धमा अध्ययन अनुसन्धान केन्द्रको रुपमा कार्य गर्ने।
(क) सूचना प्रविधि कार्यान्वयन तथा समन्वयन शाखा
- सूचना तथा सञ्चार प्रविधि नीतिमा उल्लेखीत सरोकारवाला निकायहरुको संलग्नतामा कार्यक्रमहरुको पहिचान गरी कार्ययोजना तयार गर्ने।
- e-Government, e-Commerce, Trade and Industry Promotion, e-Payment, IT Industry Promotion, e-Agriculture, e-Tourism, e-Health जस्ता क्षेत्रमा नेपालमाई उपयुक्त प्रविधिको पहिचान गरी सो प्रविधि प्रयोगको क्षमता विकास गर्ने।
- नेपाल सरकारका निकायहरुले कार्यान्वयन गर्नुपर्ने सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरुको प्रगति विबरण संकलन गरी सम्बन्धीत निकायमा पेश गर्ने।
- सूचना तथा सञ्चार प्रविधि नीतिको आवधिक रुपमा विश्लेषण गरी समयानुसार पुनरावलोकन गर्न सहयोग गर्ने।
- संघीय, प्रादेशिक तथा स्थानिय सरकारलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सुशासन प्रदान गर्न तथा सामाजिक तथा आर्थिक गर्न आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गर्न सहयोग पुर्याउने।
- संघीय, प्रादेशिक तथा स्थानिय सरकारका सूचना प्रविधि प्रणालीहरुको मानकीकरण (Standardize) गरी अन्तरआवद्द (Interoperable) बनाउन आवश्यक मानक तथा निर्देशिका तयार गरी कार्यान्वयन गर्ने वा गर्न सहजीकरण गर्ने।
(ख) साइवर सुरक्षा शाखा
- साइवर सुरक्षाको स्तर वृद्दि गर्न तथा साइवर अपराध नियन्त्रण गर्न उपयुक्त नीतिगत तथा कानूनी व्यवस्थाको लागी अध्ययन गरी सिफारीस गर्ने।
- नेपालमा साइवर सुरक्षा तथा सूचना सुरक्षाको लागि आवश्यक मापदण्ड तयार गरी सो मापदण्ड कार्यान्वयन गर्ने।
- नेपालमा साइवर सुरक्षाको स्तर वृद्दि गर्न आवश्यक संरचना तथा पुर्वाधारको विकास गर्ने।
- साइवर सूरक्षाको स्तर वृद्दि गर्न तथा साइवर अपराध नियन्त्रण गर्न क्षमता विकास गर्ने।
- नेपालमा साईवर सुरक्षाको क्षेत्रमा कार्यरय संघ सँस्थाहरुलाई समन्वयन तथा अनुगमन गर्ने।
- मन्त्रालयको आन्तरिक सूचना प्रविधिको व्यवस्थापन गर्ने।