महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा द्वितीया - १७

आम संचार

नेपालको संविधानमा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माणका निम्ति नेपाली समाजको विविधता र बहुलवादलाई प्रतिनिधित्व गर्ने स्वतन्त्र, स्वच्छ समाजप्रति उत्तरदायी र जिम्मेवार आमसञ्चारमाध्यमको भूमिका रहेको छ | मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, महासन्धि र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तराष्ट्रिय दस्तावेजहरूले प्रत्याभूत गरेका सिद्धान्तलाई आत्मसात् गरी सञ्चारमाध्यमको स्वतन्त्रताको संरक्षणका निम्ति आवश्यक पर्ने कानुनको निर्माणद्वारा दिगो शान्ति, सुशासन, विकास, सामाजिक सदभाव र समृद्धिको आकाङ्क्षा पूरा गर्न आमसञ्चारमाध्यम आवश्यक रहन्छ | भौगोलिक अखण्डता, राष्ट्रियता वा सङ्घीय एकाइ वा विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धलाई बलियो बनाई सौहार्दपूर्ण अन्तरजातीय, अन्तरभाषिक र अन्तरसांस्कृतिक सम्बन्धको सेतुका आमसञ्चारमाध्यमले काम गर्न सक्नेछ | शिक्षा, ज्ञान-विज्ञान, सूचना, स्वस्थ मनोरञ्जन, विकास, संस्कृतिको संरक्षण, वातावरण संरक्षण र समाजको पहरेदारीको भूमिका निर्वाह गर्ने आमसञ्चार प्रणालीको विकासका लागि ठूला, मध्यम र साना लगानीका सबै खालका आमसञ्चारमाध्यमको समविकासको आवश्यकतालाई बोध गर्दै सूचनाको पहुँच सबै भूगोल, समुदाय र जनतासम्म विस्तार गरी सूचनाको हकको सम्मान र प्रचलनद्वारा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र जनताको दैनिक जीवनयापनका आवश्यकता, सरोकार र हितका विषयमा जानकारी दिने स्वस्थ, मर्यादित, जिम्मेवार र उत्तरदायी आमसञ्चार क्षेत्रको विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ ।

 

Gorkhapatra

Nepal Television

Radio Nepal

National News Agency