ITU Radio Regulation मा आधारित Spectrum व्यवस्थापनका लागि आवश्यक प्रणाली, नीति, नियम सम्बन्धी राष्ट्रिय योजना तथा कार्यक्रम तर्जुमा, पूनरावलोकन, परिमार्जन एवं परिस्कृत गर्ने।
नेपालको Orbital Slot Allocation को उपयोग सम्बन्धमा ITU सँग आवश्यक समन्वय गरी Allocated Slot प्रयोगको निम्ति आवश्यक व्यवस्था गर्ने।
राष्ट्रिय फ्रिक्वेन्सी Allocation Table तयार गर्ने र तदनुरुप Assignment, Channeling, Reforming योजनाहरू तय गर्ने।
फ्रिक्वेन्सीको केन्द्रीय अभिलेख राख्ने।
रेडियो ऐन, नियमको अधीनमा रही विभिन्न रेडियो सञ्चारसेवाको लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको इजाजत सम्बन्धी नियमन गर्ने।
रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको सचिवालयको कार्य गर्ने।
रेडियो उपकरण तथा प्रणालीको प्राविधिक गुणस्तर, उपयुक्त प्रविधि, प्रणाली तथा परिष्कृत गर्ने।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू जस्तै ITU, ICAD, INTELSAT, APT, APSCC, ABU सँग समन्वय राखी रेडियो फ्रिक्वेन्सीहरूको प्रयोग सम्बन्धमा जानकारी गर्ने गराउने।
रेडियो फ्रिक्वेन्सीको प्रयोगको मनिटरिङको व्यवस्था गर्ने।
मनिटरिङ्ग स्टेसन, भ्यान लगायत पूर्वाधारको विस्तार गर्ने।
स्थलगत निरिक्षण तथा जाँच गराउने।
सबै प्रकारका उपलब्ध रेडियो सञ्चार एवं रेडियो प्रसारण प्रविधिहरूको अध्ययन विश्लेषण गरी सुहाउँदो प्रविधि उपयोग गर्ने व्यवस्था गर्ने।
(क) फ्रिक्वेन्सी व्यवस्थापन तथा प्रविधि विश्लेषण शाखा
समयानुकूल ITU Radio Regulation मा आधारित Spectrum व्यवस्थापनका लागि आवश्यक प्रणाली, नीति, नियम तथा प्रविधिसम्बन्धी राष्ट्रिय योजना तथा कार्यक्रम तर्जुमा, पुनरावलोकन, परिमार्जन एवं परिष्कृत गर्ने।
नेपालको Orbital Slot Allocation को उपयोगसम्बन्धमा ITU सँग आवश्यक समन्वय गरी Allocated Slot प्रयोगको निम्ति आवश्यक व्यवस्था गर्ने।
राष्ट्रिय फ्रिक्वेन्सी Allocation table तयार गर्ने र तदनुरूप Assignment र Channeling योजनाहरू तय गर्ने।
राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकमा पेस गर्नुपर्ने विषयहरूको पहिचान तथा अध्ययन गर्ने।
रेडियो सञ्चार उपकरणको आयात/निर्यात/निर्माण/उत्पादन सम्बन्धमा प्राविधिक मापदण्डको सिफारिस तथा तदनुरूप गर्न विद्यमान ऐन, नीति, नियम तथा आदेशहरूको पुनरावलोकन गरी आवश्यकतानुसार संशोधनका लागि सिफारिस गर्ने।
रेडियो उपकरण तथा प्रणालीको प्राविधिक गुणस्तर, उपयुक्त प्रविधि, प्रणाली तथा परिष्कृत गर्ने।
सञ्चार प्रविधिको समयानुकूल विश्वव्यापी विकासलाई अन्वेषण तथा विश्लेषण गरी मुलुकका लागि तुलनात्मकरूपले उपयोगी प्रविधि पहिचान गर्ने सिलसिलामा नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय राखी काम गर्ने।
Type Approval Requirements को मस्यौदा तयार गर्ने, तथा निवेदन फारमहरूको विकास गर्ने।
(ख) रेडियो सञ्चार अनुगमन शाखा
रेडियो फ्रिक्वेन्सीको प्रयोगको मनिटरिङ तथा Assigned फ्रिक्वेन्सीहरूको प्रयोगमा बाधा भए/नभएको पहिचान गर्ने।
फ्रिक्वेन्सी प्रयोगको दैनिक Log book तथा रजिष्टर खडा गरी फ्रिक्वेन्सी प्रयोगमा र Interference र Disturbances भए/नभएको निश्चित गर्ने।
रेडियो मनिटरिङ स्टेसन तथा Mobile रेडियो मनिटरिङ प्रणालीको दैनिक सञ्चालन, संरक्षण, संबर्द्धन, परिमार्जन, परिष्कृत, स्याहार, सम्भार तथा मर्मत गर्ने।
इजाजत पत्रमा तोकेको स्तरअनुसार रेडियो फ्रिक्वेन्सी प्रयोग भए/नभएको जाँच गर्ने।
फ्रिक्वेन्सीको अनधिकृत प्रयोग भएको वा स्तरअनुसार प्रयोग गरे/नगरेको पत्ता लगाउने।
इजाजतपत्र जारी गर्नुपूर्व सञ्चार उपकरणहरूका प्राविधिक आधारसूचकहरू जाँच गर्ने।
Type Approval सञ्चार उपकरण तथा यन्त्र प्रणालीहरूको प्राविधिक Performance जाँच तथा प्रणालीहरूको अभिलेख राख्ने।
समयानुकूल मनिटरिङ प्रणालीमा सुधार र विकास गर्न योजना/कार्यक्रमहरू तर्जुमा गर्ने।
अन्तर्राष्ट्रिय रेडियो मनिटरिङ सम्बन्धमा समन्वय गर्ने।
स्थलगत निरीक्षण तथा जाँच गर्ने।
सञ्चार उपकरण, यन्त्र प्रणालीको मनिटरिङ, जाँच गर्न Latest प्रविधिको प्रयोग तथा चयन गर्ने।
अधीनस्थ कार्यहरूको प्रतिवेदन तयार गर्ने।
अधीनस्थ कार्यहरूको यकिन गरी वार्षिक, कार्यक्रमहरूको योजना तथा बजेटतर्जुमा गर्ने तथा स्वीकृत योजना, कार्यक्रम तथा बजेटअनुसार कार्य सम्पन्न, कार्यान्वयन, अभिलेख राख्ने।
तालिम सेमिनार, कार्यशाला, गोष्ठी आदिहरूका उपलब्धि, निर्णय कार्यक्रम तथा सिफारिसहरू कार्यान्वयन गर्ने।
अधीनस्थ कार्यहरू पुनरावलोकन, मूल्याङ्कन तथा परिमार्जन गर्ने।
रेडियो मनिटरिङ सम्बन्धमा ITU ले तोकेको प्राविधिकस्तर कायम गर्ने।