महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व पञ्चमी - ५

मन्त्रालयको कार्यक्षेत्र

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यक्षेत्र देहाय बमोजिम रहेको छ:

  • सञ्चार तथा सूचना, दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;
  • दूरसञ्चार र प्रसारण फ्रिक्वेन्सी बाँडफाँड, शुल्क निर्धारण र नक्साङ्कन, प्रयोगको अनुमति, नवीकरण र नियमन ;
  • सूचना र सञ्चार प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान, प्रवर्द्धन र नियमन ;
  • माइक्रोवेभ प्रणालीको विस्तार, ब्यान्डविथको अन्तर्राष्ट्रिय कनेक्टिभिटी र रेडियोयन्त्र प्रयोग ;
  • रेडियो, टेलिभिजन, छापा सञ्चार र समाचार संस्थासम्बन्धी नीति, कानून र मापदण्ड;
  • राष्ट्र्रियस्तरका रेडियो, टेलिभिजन, प्रसारण संस्था र बहुवितरण प्रसारण प्रणालीको अनुमति, नवीकरण र नियमन;
  • विदेशी टेलिभिजन च्यानलको डाउनलिङ्क;
  • अनलाइन मिडियासम्बन्धी नीति, कानून र मापदण्ड;
  • श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी नीति, कानून र मापदण्ड;
  • सार्वजनिक प्रसारण, छापा र प्रसारण संस्थासम्बन्धी नीति, कानून र मापदण्ड;
  • स्वदेशी तथा नेपालबाट प्रसारण गरिने विदेशी छापा प्रकाशनसम्बन्धी नीति, कानून र मापदण्ड;
  • राष्ट्रिय विज्ञापन नीति र मापदण्ड;
  • हुलाकसम्बन्धी नीति, कानून, मापदण्ड, सञ्चालन र नियमन;
  • हुलाक टिकट प्रकाशन, भण्डारण तथा अभिलेख व्यवस्थापन;
  • धनादेश सेवा, हुलाक बैंक र अन्तर्राष्ट्रिय डाँक लेखा व्यवस्थापन;
  • चलचित्र र सिनेमा हलसम्बन्धी नीति, कानून र मापदण्ड;
  • सुरक्षण मुद्रण;
  • नेपाल राजपत्रको मुद्रण, वितरण तथा अभिलेख;
  • पत्रपत्रिकासम्बन्धी आचारसंहिता;
  • भू-उपग्रहको उपयोग;
  • सूचना प्रविधिको प्रवर्द्धन, राष्ट्रिय सूचना प्रविधि केन्द्र र सूचना प्रविधि पार्क;
  • साइबर सुरक्षा;
  • राष्ट्रिय सूचना आयोग;
  • प्रेस काउन्सिल, केन्द्रीय प्रेस रजिस्ट्रार, नेपाल दूरसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्ड;
  • मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय;
  • मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन;
  • नेपाल इन्जिनियरिङ्ग सेवाको इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ्ग समूह सञ्चालन।