महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व पञ्चमी - ५

विभागहरु

हुलाक सेवा विभाग

पृष्ठभुमिः
नेपाल राज्यभर हुलाक सेवा प्रदान गर्न विक्रम संवत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवा प्रारम्भ भएको पाईन्छ । हुलाक ऐन २०१९ कार्यान्वयनमा आएपछि सो ऐनद्वारा निर्धारित कार्यहरू हुलाक सेवा विभागले सम्पादन गर्दै आएको छ ।

उद्देश्यः
प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रूपमा चिठ्ठीपत्र पहूँच एवं धनादेश सूविधा प्रदान गर्नू यस विभागको प्रमूख उद्देश्य रहेको छ ।

कार्यहरूः
१. चिठ्ठीपत्रहरू सम्वन्धितसमक्ष पूर्याउने,
२. हुलाक टिकट प्रकाशन गर्ने,
३. धनादेश व्यवस्था गर्ने,
४. बचत बैंक सञ्चालन गर्ने ।

थप जानकारीका लागि,
http://www.postalservice.gov.np/

सुचना तथा प्रसारण विभाग

पृष्ठभुमिः
नेपाल सरकारका सुचनाहरू जनता समक्ष पूर्याउन समन्वयकारी भुमिका निर्वाह गर्नका लागि सुचना विभागको स्थापना वि.सं. २००५ सालमा राणा प्रधानमन्त्री श्री ३ मोहन शम्सेर ज.व.रा.को पालामा "प्रचार विभाग" को नामले भएको हो । नेपाल राज्यबाट प्रकाशित हूने पत्रपत्रिकाको विविध पक्षको विवरणहरूको अभिलेख राख्ने कामको जिम्मेवारी सुचना बिभागमा रहेको छ । हाल प्रेससंग सम्बन्धित सरकारी संस्थाहरूलाई एकै ठाउंमा राख्ने नेपाल सरकारको अवधारणा बमोजिम यस विभागसंगै प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका कार्यालयहरु काठमाडौंको तिलगंगास्थित संचारग्राममा रहेका छन् ।

उद्देश्यः
नेपालको संविधान ले प्रत्याभुत गरेको छापाखाना र प्रकाशनसम्बन्धी मौलिक हकको उपभोगमा सहयोग पूर्याउन एवं सुचनाको हकलाई उपभोग गर्नसक्ने वातावरण सृजना गर्न क्रियाशील रहनू यस विभागको मुल उद्देश्य रहेको छ । यसका अतिरिक्त अन्य उद्देश्यमा

नेपाल सरकारका कामकारवाही बारे सर्वसाधारण जनतामा अतिरिक्त स्वदेश तथा विदेशमा सुचना प्रवाह गर्ने,

स्वस्थ, मर्यादित, व्यावसायिक तथा संस्थागत पत्रकारिताको विकासका लागि उत्प्रेरित गर्ने ।

कार्यहरूः
१. सुचना सामग्रीको अभिलेख,
२. सुचना प्रवाहको व्यवस्था,
३. प्रेस तथा सुचना समन्वय,
४. फोटोग्राफी
५. प्रकाशन तथा वितरण

थप जानकारीका लागि,
http://www.doinepal.gov.np

मूद्रण विभाग

पृष्ठभुमिः
नेपालमा तत्कालीन प्रधानमन्त्री श्री देव शम्सेरको पालामा वि.सं. १९५८ सालमा सरकारी छापाखानाको रूपमा "गोरखापत्र छापाखानाको" स्थापना गरिएको थियो । यसैबाट गोरखापत्र प्रकाशन सम्बन्धी काम हुँदै आएकोमा वि.सं. २०२० सालमा गोरखापत्र प्रकाशन सम्बन्धी छुट्टै संस्थान खडा भएपछि तत्कालीन गोरखापत्र छापाखानालाई "श्री ५ को सरकारको छापाखाना" नामकरण गरियो । भवन साँघुरो भएको एवं सरकारी छपाइ सामग्रीको सुरक्षाको दृष्टिकोणले २०३१ साल श्रावण १ देखि यसलाई सिंहदरवारमा सारियो ।
सिंहदरवारस्थित श्री ५ को सरकारको छापाखानालाई वि.सं. २०४५।४।५ को निर्णयानुसार प्रकाशनका कार्यसमेत गर्नेगरी "मुद्रण तथा प्रकाशन विभाग" नामकरण गरिएकोमा २०४९।५।२९ को निर्णयले प्रकाशन काम यसबाट अलग गरी मुद्रण विभाग नामकरण गरियो ।

उद्देश्यः
नेपाल सरकारको राजपत्र लगायत महत्वपूर्ण सामग्रीहरू सूरक्षित एवं गोपनीयताका साथ मूद्रण गरी प्रकाशन गर्ने र सर्वसाधारणसमक्ष विक्रीवितरणको व्यवस्था गर्नू यस विभागको मुल उद्देश्य रहेको छ ।

कार्यहरूः
१. राजपत्र लगायत सरकारी सामग्रीको मूद्रण,
२. प्रकाशनको व्यवस्था,
३. सूरक्षण मूद्रण सेवा,

थप जानकारीका लागि,
http://www.dop.gov.np

सूचना प्रविधि विभाग

दूर-दृष्टि

परिदृष्य

लक्ष्य

उद्देश्य:

थप जानकारीका लागि,
http://www.doit.gov.np