national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा एकादशी - २६

मन्त्रालयको परिचय

पृष्ठभूमी

सूचना तथा सञ्चार क्षेत्रको विकास तथा विस्तारका लागि संचार मन्त्रालयको स्थापना वि.सं. २०२८ साल साउन १ गते भएको हो । प्रशासन सुधार सम्बन्धी वि.सं. २००९ सालको प्रतिवेदनले निर्माण र संचार मन्त्रालय स्थापना गर्न सुझाव दिएअनुरुप सो मन्त्रालयको स्थापना भएको पाइन्छ। कार्य विभाजन नियमावली, २०२४ ले सूचना तथा प्रसार मन्त्रालयको व्यवस्था गरेको थियो भने सञ्चारलाई यातायात, सञ्चार र जलविद्युत मन्त्रालयमा राखेको थियो। प्रशासन सुधार आयोग, २०२५ ले सूचना र प्रसारण क्षेत्रलाई गृह, पंचायत तथा सूचना प्रशार मन्त्रालयमा बनाउन सिफारिश गरेको थियो। वि.सं. २०२६ सालमा निर्माण, सञ्चार र यातायात मन्त्रालय स्थापना भएको देखिन्छ। वि.सं. २०२८ सालमा छुट्टै सञ्चार मन्त्रालय स्थापना भएकोमा प्रशासन सुधार आयोग, २०४८ को सिफारिश बमोजिम तत्कालिन सञ्चार मन्त्रालयलाई सूचना तथा सञ्चार मन्त्रालयमा परिवर्तन गरिएको थियो।

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ बमोजिम साविक सूचना तथा सञ्चार मन्त्रालयमा सूचना प्रविधि क्षेत्र समेत थप गरी मन्त्रालयको नाम सञ्चार तथा सूचना प्रविधि कायम गरिएको छ।

मन्त्रालयको दीर्घकालीन सोच

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा विकसित नविन प्रविधिहरुको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्ने।

मन्त्रालयको क्षेत्रगत सोच

आम सञ्चार:

संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हक कार्यान्वयन गर्दै नागरिकमा सूचनाको पहूँच विस्तार गर्ने।

दूरसञ्चार:

दूरसञ्चार क्षेत्रमा उपलब्ध भएका नवीनतम प्रविधिको प्रयोग गरी देशभर सर्भसुलभ रुपमा भरपर्दो गुणस्तरीय सेवा उपलब्ध गराई रोजगारी सृजना र उद्यमशीलता विकासमा जोड दिने।

सूचना प्रविधि:

सूचना प्रविधिको सर्वव्यापी पहुँच सुनिश्चित गरी समुन्नत र आर्थिक सम्बृद्धिमा योगदान बृद्धि गर्दै जाने।

हुलाक सेवा :
हुलाक सेवालाई व्यवसायिक, प्रतिस्पर्धी, विश्वासनिया र आत्मनिर्भर बनाउने

चलचित्र :
नेपाली चलचित्र क्षेत्र लाई उद्योगको रुपमा विश्वास गरी नेपालको राष्ट्रियता प्रवर्धन गर्न र आर्थिक बृधि वृद्धिमा योगदान बढाउदै जाने |

सुरक्षण मुद्रण :
राहदानी, हुलाक, टिकट, आन्तशुल्क, स्टिकर, चेकबुकम, स्मार्ट कार्ड, बैंक नोट जस्ता सुरक्षण कागजातहरु देश भित्रै मुद्रण गर्न सुरक्षण स्थापना गरी संचालन गर्ने |

मन्त्रालय सम्बद्ध निकायहरु:

  • राष्ट्रिय सूचना आयोग (सम्पर्क मन्त्रालयको रुपमा)
  • सूचना तथा प्रसारण विभाग
  • मुद्रण विभाग
  • सूचना प्रविधि विभाग
  • हुलाक सेवा विभाग
  • प्रेस काउन्सिल नेपाल
  • नेपाल दुरसञ्चार प्राधिकरण
  • राष्ट्रिय समाचार समिति
  • नेपाल टेलिभिजन
  • रेडियो नेपाल
  • गोरखापत्र संस्थान
  • न्यूनतम पारिश्रमिक निर्धारण समिति
  • चलचित्र विकास वोर्ड
  • सुरक्षण मुद्रण विकास समिति
  • नेपाल दुरसञ्चार कम्पनी लिमिटेड
  • राष्ट्रिय सूचना प्रविधि केन्द्र
  • प्रमाणिकरण नियन्त्रकको कार्यालय